महासचिव पोखरेलद्वारा एमाले केन्द्रीय कार्यालयको अनुगमन

काठमाडौँ, ३० भदौ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयको अनुगमन गरेका छन्।

महासचिव पोखरेल आज कार्यालय पुगेका थिए। ‘जेन-जी’ पुस्ताको प्रदर्शनका क्रममा क्षति पुगेको पार्टी कार्यालयको अवलोकन गर्दै उनले आवश्यक पुनर्निर्माणबारे छलफल गरेका छन्। अनुगमनका क्रममा केन्द्रीय सदस्य निरज आचार्य पनि सहभागी थिए।

भदौ २४ गतेको प्रदर्शनका क्रममा एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको थियो। आगलागी र तोडफोडका कारण सम्पूर्ण भवन र सामग्री पूर्ण रूपमा ध्वस्त भएका थिए।

Facebook Comments Box