राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौँ, २९ भदौ – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा एक अर्ब २० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ। राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब चार करोड, ‘ख’ वर्गका विकास बैंकमा १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा छ करोड ५० लाख रुपैयाँ लगानी गर्ने जनाएको छ।

यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाले भदौ ३० गतेभित्र निवेदन दिनुपर्नेछ। आवेदन दिने संस्थामा तोकिएको न्यूनतम पुँजीकोष कायम हुनुका साथै निष्क्रिय कर्जा अनुपात तोकिएको सीमा भित्रै हुनुपर्ने प्रावधान सूचनामा उल्लेख छ।

Facebook Comments Box