भौतिक रूपमा कार्यालय सञ्चालन गर्न बीमा प्राधिकरणको निर्देशन
काठमाडौँ, २९ भदौ – नेपाल बीमा प्राधिकरणले आजदेखि सबै बीमा कम्पनीलाई भौतिक रूपमा उपस्थित भई कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। प्राधिकरणले हालको सुरक्षा परिस्थिति सामान्य बन्दै गएपछि सम्पूर्ण बीमा कम्पनी तथा शाखा कार्यालयलाई पूर्ववत् रूपमा सञ्चालन गर्न आग्रह गरेको हो।
यसअघि भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिबाट प्रभावित ग्राहकका बीमा दाबी भुक्तानीलाई सहज बनाउन प्राधिकरणले निर्देशन जारी गरिसकेको थियो।
Facebook Comments Box

