सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
काठमाडौँ, २५ वैशाख – नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। आज बिहान खसेको पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिन का प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंह ले जानकारी दिएका छन्। पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय सँग समन्वय गरी प्रहरी टोली परिचालन गरिएको जनाइएको छ।
Facebook Comments Box

