देश निकासका लागि शान्ति र संवैधानिक प्रक्रियाको सुझाव : पापड

काठमाडौं, २५ भदौ — पेसागत सञ्जाल (पापड)ले मुलुक अहिले तरल अवस्थामा पुगेको भन्दै शान्ति र संवैधानिक प्रक्रियामार्फत राजनीतिक निकास दिन सुझाव दिएको छ।

जेनजी आन्दोलनपछि उत्पन्न राज्यविहिनताको अवस्था र देखिएको अन्योलताबारे बिहीबार वक्तव्य जारी गर्दै पापडले मुलुकलाई सुरक्षित अवतरण गर्दै लोकतन्त्रलाई मजबुत बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने जनाएको छ।

“यथास्थितिमा रहनु उचित हुँदैन, संवैधानिक, लोकतान्त्रिक र न्यायोचित संवाद तथा प्रक्रियामार्फत समाधान खोजिनुपर्छ,” वक्तव्यमा उल्लेख छ।

सञ्जालले जेनजीले उठाएका संरचनात्मक सुधारका मागलाई समेत सम्बोधन गर्दै सर्वस्वीकार्य लोकतान्त्रिक प्रक्रियाबाट उन्नत लोकतन्त्रतर्फ अघि बढ्नुपर्ने सुझाव दिएको छ।

Facebook Comments Box