डडेल्धुरा कारागार तोडेर भागे कैदीबन्दी, २६ जना फेरि पक्राउ

डडेल्धुरा, २० भदौ – डडेल्धुरा कारागारका कैदीबन्दीले बुधबार बिहान तोडफोड र आगजनी गर्दै ठूलो संख्यामा कारागारबाट भागेका छन्।

जेलर सन्तोष भट्टका अनुसार कारागारमा रहेका १२७ कैदीमध्ये ८५ जना भागेका थिए। तीमध्ये २६ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर पुनः कारागारमै राखिएको छ।

नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीले कारागार वरपर कडा निगरानी गरिरहेका छन्। जेलर भट्टका अनुसार तोडफोड र आगजनीका कारण कारागारमा सामान्य मात्र क्षति पुगेको छ।

स्थिति नियन्त्रणमा लिएपनि बाँकी फरार कैदीबन्दीहरूको खोजी कार्य जारी छ। यसैबीच, डडेल्धुरामा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेर सुरक्षालाई कडा बनाएको छ।

Facebook Comments Box