साफ यु–१७ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

काठमाडौँ, १३ भदौ – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) अन्तर्गत १७ वर्षमुनिका महिला फुटबल प्रतियोगिता (यु–१७) च्याम्पियनसिपमा आज नेपाल र भारत आमनेसामने हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार खेल नेपाली समयअनुसार आज अपराह्न ६ः०० बजे सुरु हुनेछ ।

डबल राउन्ड रोबिन लिग पद्धतिमा जारी प्रतियोगितामा भारत १२ अङ्कका साथ शीर्ष स्थानमा छ भने नौ अङ्कसहित बङ्गलादेश दोस्रो, तीन अङ्कसहित नेपाल तेस्रो र जितविहीन भुटान चौथो स्थानमा रहेको छ । प्रतियोगितामा नेपालले अब आगामी भदौ १५ गते भुटानसँग खेल्ने तालिका रहेको छ । उपाधि जित्ने सम्भावनाबाट भने नेपाल पहिले नै बाहिरिएको छ ।

Facebook Comments Box