सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ जना भन्दा धेरै घाइते

सल्यान, १३ असोज – सल्यानको छत्रेश्वरीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १५ जना भन्दा धेरै घाइते भएका छन्। गएराति छत्रेश्वरी गाउँपालिका- ५ तीर्थपोलेमा लु १ ज १८६१ नम्बरको जिप दुर्घटना हुँदा सल्यानकै शारदा नगरपालिका- १२ तिमिलेकी करिब ७५ वर्षीया ध्रुवी बोहरा र शारदा- १५ बरलाका ४५ वर्षीया मुना सेजवालको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठका अनुसार छत्रेश्वरी गाउँपालिका- ५ लेखपोखराबाट शारदा नगरपालिका- १२ कागखोला तर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो। जिप सडकबाट करिब ६० मिटर तल खसेको छ।

दुर्घटनामा शारदा नगरपालिका-१ चैवाङज्यूलाका जिप चालक २१ वर्षीय रविन बुढाथोकी, शारदा १२ कागखोलाका ५० वर्षीय कालिबहादुर बुढाथोकी, सोही वडाकी ५० वर्षीया कल्पना योगी, ७५ वर्षीया पम्फा नेपाली, छत्रेश्वरी गाउँपालिका(५ की २४ वर्षीया निर्मला बस्नेत, शारदा १२ की लक्ष्मी खड्का घाइते भएका छन्।

त्यसेगरी शारदा १४ की २४ वर्षीया निरु कुँवर, शारदा १२ की ४७ वर्षीया कमला बुढाथोकी, १३ वर्षीया खिमा ओली, ३५ वर्षकी हीमा ओली, २५ वर्षकी टीका बोहरा, १४ वर्षीया विमला बुढाथोकी र प्रकाश बुढाथोकी, शारदा १३ की ७५ वर्षीया जिउली बोहरा पनि घाइते भएकी छन्। घाइतेहरूको जिल्ला अस्पताल र श्रीनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

Facebook Comments Box