काभ्रेमा अवरुद्ध बीपी राजमार्ग खुल्यो

काभ्रे, १२ भदौ

बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी क्षेत्रमा अवरुद्ध सडक बुधबार बिहानदेखि सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण रोशी गाउँपालिका–९ को पिल्थलीबेशी र बिरुवाडाँडा, रोशी–११ को कालढुंगास्थित खहरेखोला र रोशी–१२ माम्तीमा सुख्खा पहिरो खसेर सडक बन्द भएको थियो।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीका अनुसार अवरोध हटाइएपछि आज बिहान ७ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ। तर वर्षा जारी रहेकाले रोशी खोलाको सतह बढिरहेको हुँदा सचेत रहँदै सवारीसाधन चलाउन प्रहरीले आग्रह गरेको छ।

Facebook Comments Box