धादिङमा पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिङ सडक दुईतर्फी सञ्चालन
धादिङ, १२ भदौ
पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–सातकिलोमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। आज बिहान करिब साढे ३ बजे खसेको पहिरोका कारण अवरुद्ध सडक करिब ७:५० बजेबाट खुलाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी सुवास हमालले जानकारी दिनुभयो।
सडक खुले पनि रातिदेखि थुनिएका सयौं सवारी साधनका कारण चाप बढेको छ। ट्राफिक प्रहरीको सहयोगमा ती सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले सडकमा हतार नगरी नियम पालना गरेर सवारी चलाउन चालकहरुलाई अनुरोध गरेको छ।
Facebook Comments Box

