कास्कीमा माइक्रोबस दुर्घटना, २३ जना घाइते
कास्की, ९ भदौ
कास्कीको पोखरा महानगरपालिका–१३ आर्वास्थित मड्केल्नाको घुम्तीमा आज माइक्रोबस दुर्घटना हुँदा चालकसहित २३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार आर्वाको मणिदीपबाट काहुँखोलातर्फ आइरहेको ग १ ख ४०२७ नम्बरको माइक्रोबस सडकको दायाँपट्टि रहेको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।
प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले घाइते सबैको उपचार पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भइरहेको जानकारी दिनुभयो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार घाइतेहरूको अवस्था सामान्य छ।
दुर्घटनामा घाइते भएकामध्ये पोखरा–१३ की ५५ वर्षीया जमुना बराल र ५२ वर्षीया कोपिला बराललाई बढी चोट लागेको प्रहरीले जनाएको छ।
Facebook Comments Box

