विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

काठमाडौँ, ९ भदौ

सङ्घीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ। उक्त विधेयक २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता भएको थियो। विधेयकअनुसार जैविक वा निर्जीव वस्तु, प्रमाण, लिखत, मालसामान, भौतिक सामग्री वा विद्युतीय सामग्री परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना गरिनेछ।

सो प्रयोगशालामा वैज्ञानिक विधि र पद्धतिद्वारा प्रमाण सङ्कलन र अनुसन्धान हुने व्यवस्था मिलाइएको छ। विधेयकले प्रयोगशालाको स्थापना, कार्यक्षेत्र, अधिकार र कर्तव्य, सञ्चालक समितिको गठन, परीक्षणसम्बन्धी प्रक्रिया, कार्यकारी निर्देशक र कर्मचारीको व्यवस्था, साथै कोष, लेखा र लेखापरीक्षणसम्बन्धी प्रावधान समेटेको छ।

Facebook Comments Box