आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ५ भदौ

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५८ पैसा, बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २९ पैसा कायम गरिएको छ । त्यसैगरी, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ११ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ १८ पैसा र बिक्रीदर १०० रुपैयाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ १३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६० पैसा तय भएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९ रुपैयाँ ४५ पैसा तोकिएको छ । त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ १४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३० पैसा कायम भएको छ ।

थाई भाट एकको खरिददर चार रुपैयाँ २७ पैसा र बिक्रीदर चार रुपैयाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०४ पैसा, दक्षिण कोरियाली वन सयको खरिददर नौ रुपैयाँ ९४ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा तय भएको छ ।

यस्तै, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४ रुपैयाँ ५५ पैसा, डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ६८ पैसा र बिक्रीदर २१ रुपैयाँ ७६ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

त्यसैगरी, कुवेती दिनार एकको खरिददर ४५४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४५६ रुपैयाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७० रुपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

राष्ट्र बैङ्कका अनुसार भारतीय रुपैयाँ सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । केन्द्रीय बैङ्कले तोकेको यो विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा परिमार्जन गर्न सकिने जनाएको छ । यद्यपि, वाणिज्य बैङ्कले प्रयोग गर्ने दर केही फरक पर्न सक्ने र अद्यावधिक विवरण नेपाल राष्ट्र बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Facebook Comments Box