राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुई मजदुरको मृत्यु, पाँच घाइते

म्याग्दी, २ भदौ

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनास्थलमा आज पहिरो जाँदा दुई मजदुरको मृत्यु भएको छ । घटनामा पाँच जना घाइते भएका छन् ।

रघुगङ्गा–५ दग्नामस्थित आयोजनाको अडिट नम्बर–१ (मुख्य सुरुङ प्रवेश मार्ग) माथिबाट खसेको पहिरोले मजदुरलाई पुरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

“त्यहाँ काम गर्ने नेपाली कामदारका अनुसार एक नेपाली र एक विदेशी नागरिकको शव भेटिएको छ,” थापाले भन्नुभयो, “मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ ।”

घटनास्थलमा प्रहरीको टोली पुगेको छ भने थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box