प्रधानमन्त्रीसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट
काठमाडौँ, १ भदौ
नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन्।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि आजै काठमाडौँ आएका मिश्रीले प्रधानमन्त्रीसँग भेटघाट गरेका हुन्।
भेटका अवसरमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी तथा नेपालका लागि भारतीय राजदूतलगायत उपस्थित थिए।
Facebook Comments Box

