मनसुन कमजोर, केही प्रदेशमा मध्यम वर्षाको पूर्वानुमान

काठमाडौँ, ३१ साउन

नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहँदा हाल मनसुनको प्रभाव कमजोर देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली हुने अनुमान छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा, साथै अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । बाँकी तराई भू–भागका एक–दुई ठाउँमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । आज राति कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ ।

यस्तै, कोशी, सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागका केही स्थान र अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Facebook Comments Box