लेदोसहितको पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ, २८ साउन

जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्डमा लेदोसहित पहिरो खसेपछि आज बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीले जानकारी दिनुभयो कि सडक विभागसँग समन्वय गरी पहिरो हटाउन प्रहरी टोली परिचालन गरिएको छ।

हालसम्म सडक खुलाउन प्रयास जारी रहेको छ। यात्रु र सवारी साधन प्रयोगकर्ताहरूलाई सुरक्षाका लागि सचेत रहन र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

Facebook Comments Box