डुबेर दुई बालकको मृत्यु
वीरगञ्ज, २७ साउन
पर्साको ठोरी गाउँपालिका–२ मा ढेँडुखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय मनोज कठायतका आठ वर्षीय छोरा अंश कठायत र चार वर्षीय छोरा आयांस कठायत छन्।
आज बिहान करिब १० बजे खोलामा नुहाउने क्रममा डुबेका उनीहरूलाई स्थानीयले उद्धार गरी स्वास्थ्यचौकी ठोरीमा पुर्याए पनि स्वास्थ्यकर्मीले मृत घोषणा गरेका पर्सा प्रहरीका डीएसपी किशोर लम्सालले जानकारी दिनुभयो। शव पोस्टमार्टमका लागि नारायणी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box

