फलामले लाग्दा अपरेटरको मृत्यु

बारा, २२ साउन

 जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा कार्यरत एक क्रेन अपरेटरको फलामले लागेर मृत्यु भएको छ । क्रेनमार्फत फलाम उठाउने क्रममा सो फलाम अपरेटर आफैँलाई लाग्दा भारत उत्तर प्रदेश, ननौरा बलियाका ५३ वर्षीय रामभवन यादव गम्भीर घाइते भएका थिए ।

प्रहरीका अनुसार, टाउकोमा गम्भीर चोट लागेका यादवको उपचारका क्रममा वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको हो । घटनाबारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिनुभयो ।

Facebook Comments Box