कोशी, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २० असार – हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास नै रहिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

त्यस्तै, कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपातसमेत हुनसक्ने सम्भावना रहेको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थान र अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। यस्तै, ती तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागमा रातिको समयमा पनि हल्कादेखि मध्यम वर्षासहित हिमपात हुन सक्ने महाशाखाले जानकारी दिएको छ।

Facebook Comments Box