प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी पृथ्वीसुब्बा गुरुङलाई

लुम्बिनी, १३ पुस – प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी नेकपा एमालेका उपमहासचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङ बनेका छन्।

मंगलबार आयोजित प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकमा यसअघि इन्चार्ज सूर्य थापाले आज आफ्नो जिम्मेवारी गुरुङलाई हस्तान्तरण गरेका हुन्।

‘प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी हस्तान्तरण गरेको छु’, एमाले नेता थापाले भनेका छन्, ‘नयाँ इन्चार्ज नेकपा एमालेका श्रद्धेय उपमहासचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख कमरेड पृथ्वीसुब्बा गुरुङ।’  प्रेस चाैतारी नेपालकाे केन्द्रीय कमिटीकाे बैठक मंगलबार लुम्बिनीमा बसेको हो।

Facebook Comments Box