देशभर रोपाइँ सुरु, सुदूरपश्चिममा सबैभन्दा बढी

काठमाडौँ, १४ असार – समयमै मनसुन सुरु भए पनि अहिलेसम्म देशभर १७.२ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार १४ गतेसम्मको तथ्यांकमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ४० प्रतिशत क्षेत्रमा धान रोपिएको छ।

त्यसपछिको स्थानमा कर्णाली प्रदेश रहेको छ, जहाँ २३.९ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ। मधेश प्रदेश, जुन धान उत्पादनको मुख्य भेग मानिन्छ, त्यहाँ केवल ८.२ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ — जुन सर्वाधिक न्यून हो।अन्य प्रदेशहरूको अवस्था यस्तो छ:

  • कोशी प्रदेश: १३.७ प्रतिशत

  • बागमती प्रदेश: १९.६ प्रतिशत

  • लुम्बिनी प्रदेश: १८.५ प्रतिशत

  • गण्डकी प्रदेश: १२.४ प्रतिशत

सरकारले धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित मल र उन्नत बीउको व्यवस्थापन गरेको बताइएको छ। मनसुनसमेत समयमा सुरु भएकोले यस वर्ष राम्रो उत्पादनको अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। हाल नेपालमा करिब १४ लाख हेक्टरभन्दा बढी जमिनमा धान खेती हुने गर्दछ। देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा धान खेती गरिन्छ भने कुल खेतीयोग्य जमिनको झण्डै ५० प्रतिशत हिस्सा धान खेतीमा प्रयोग हुने तथ्यांक छ।

Facebook Comments Box