अर्जुन रावलको नयाँ गीत यो मौषम बेसरम सार्वजनिक

काठमाडौँ, २२ पुस – युवा सर्जक तथा कुसल गायक अर्जुन रावलको नयाँ गीत यो मौषम बेसरम सार्वजनिक भएको छ । नेपाली गीत संगीतलाई अत्यन्तै माया गर्ने रावलले सार्वजनिक गरेको गीतमा शब्द,संगीत तथा आवाजमा निकै उत्कृष्टता देख्न सकिन्छ ।

गीत सार्वजनिक भएपछि साथीभाईहरुबाट राम्रो प्रतिक्रियाहरु आइरहेको र यसले आँफुलाई आगामी दिनमा अगाडी बढ्न अझ हौसला मिलेको रावलले हामीलाई बताए ।

उनको पछिल्लो गीतमा माया प्रेमलाई शब्द संगीत मार्फत निकै कलात्मक रुपमा उठाउन खोजिएको छ । अर्जुन रावलको स्वर र संगीत रहेको गीतमा शब्द ललिता कुँवरको रहेको छ ।

म्युजिक भिडियोमा अर्जुनलाई मारिया कार्कीले साथ दिएकी छन, भने म्युजिक भिडियो निर्देशन समेत अुर्जन आँफैले गरेका छन । गीतलाई अमाइरा इन्टरटेनमेन्टले बजार ब्यवस्थापन गरेको छ ।

Facebook Comments Box