पहिरोले कालीगण्डकी करिडोर सडक पूर्ण रूपमा अवरुद्ध
गुल्मी, २ असार — गुल्मीको कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्वामा आइतबार अपराह्न खसेको पहिरोले कालीगण्डकी करिडोर सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पहिरो खस्नेबित्तिकै प्रहरी चौकी भुर्तुङबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा एक टोली घटनास्थलतर्फ परिचालित गरिएको छ।
सडक अवरुद्ध भएपछि गुल्मी खण्ड अन्तर्गत कालीगण्डकी करिडोर हुँदै सञ्चालन हुने दुवैतर्फका साना तथा ठूला सवारीसाधनहरू बाटोमै रोकिएका छन्। सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गङ्गाबहादुर सारुले जानकारी दिनुभयो।
Facebook Comments Box

