धरानमा दुई हजार किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालक फरार

धरान, २ असार — धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराकोशी लोकमार्गबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। आज बिहान भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रक जाँच गर्ने क्रममा सशस्त्र प्रहरीले ७० बोरा गाँजा (कुल २,१३० किलो) र ३१ बोरा अदुवा फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नं १ बराह वाहिनी मुख्यालय सुनसरीका प्रवक्ता सुधिरजङ्ग थापाले जानकारी दिनुभयो।

बरामद सामग्री सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानको टोलीले नियन्त्रणमा लिएको हो। ट्रक चालक र गाँजा ओसारपसारमा संलग्न व्यक्ति फरार रहेका छन् भने उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा, अदुवा र ट्रक आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ।

Facebook Comments Box