यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २ पुस — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न सागसब्जी तथा फलफूलको थोक मूल्य निर्धारण गरेको छ ।

तरकारीको थोक मूल्य (प्रति केजी)

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली/भारतीय) रु ११०, गोलभेँडा सानो (लोकल) रु ७०, गोलभेँडा सानो (टनेल) रु १०५, गोलभेँडा सानो (भारतीय/तराई) रु ९० रहेको छ । आलु रातो रु ४८, आलु रातो (भारतीय) रु ३२, आलु सेतो रु ३० र प्याज सुकेको (भारतीय) रु ५२ कायम गरिएको छ ।

गाजर (लोकल/तराई) रु ८०, बन्दा (लोकल) रु ६०, बन्दा (तराई) रु ५०, बन्दा (नरिवल) रु ५५, काउली स्थानीय रु ६५, काउली (ज्यापु) रु ९०, काउली (तराई) रु ६०, रातो मूला रु ४५, सेतो मूला (लोकल) रु २५, सेतो मूला (हाइब्रिड) रु ३५ रहेको छ ।

भन्टा लाम्चो रु ८०, भन्टा डल्लो रु ९०, मकै बोडी रु ८०, मटरकोसा रु १४०, घिउ सिमी (लोकल) रु १००, घिउ सिमी (हाइब्रिड) रु ९०, घिउ सिमी (राजमा) रु १५०, टाटे सिमी रु १२०, करेला रु १४०, लौका रु ६० कायम भएको छ । परबर (लोकल/तराई) रु १००, घिरौँला रु १००, फर्सी पाकेको रु ४०, हरियो फर्सी (लाम्चो/डल्लो) रु ६०, सलगम रु १००, भिन्डी रु १५०, सखरखण्ड रु ७०, पिँडालु रु ९० र स्कुस रु ४० तोकिएको छ ।

साग, च्याउ तथा अन्य

रायोसाग रु ४०, पालुङ्गो साग रु १३०, चमसुर रु १३०, तोरीको साग रु ५०, मेथीको साग रु १३०, हरियो प्याज रु ६०, बकुला रु १३०, तरुल रु ८०, च्याउ (कन्य) रु १३०, च्याउ (डल्ले) रु ३०० र कुरिलो रु १२०० निर्धारण गरिएको छ ।ब्रोकाउली रु १२०, चुकुन्दर रु ९०, रातो बन्दा रु १८०, जिरीको साग रु २५०, सेलरी रु ३००, पार्सले रु ७००, सौफको साग रु १५०, पुदिना रु ५००, गान्टेमुला रु १००, इमली रु १८०, तामा रु १४०, तोफु रु १५० र गुन्द्रुक रु ४०० रहेको छ ।

फलफूलको थोक मूल्य

स्याउ (झोले) रु २५०, स्याउ (फुजी) रु ३००, केरा (दर्जन) रु २००, कागती रु ११०, अनार रु ४००, सुन्तला (नेपाली) रु १२०, तरबुजा रु १००, मौसम रु १००, जुनार रु १४० कायम भएको छ । भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) रु ६५, काँक्रो (हाइब्रिड) रु ४०, निबुवा रु ७०, नास्पाती (चाइनिज) रु २३०, मेवा (नेपाली) रु ७०, मेवा (भारतीय) रु १००, अम्बा रु १२०, लप्सी रु ८० तोकिएको छ । स्ट्रबेरी (भुइँऐसुलु) रु ५००, किबी रु ३००, सरिफा रु २२० र आभोकाडो रु ३५० रहेको छ ।

मसला, माछा र अन्य

अमला रु ८०, अदुवा रु ९०, सुकेको खुर्सानी रु ४२०, हरियो खुर्सानी रु १००, हरियो खुर्सानी (माछे) रु ८०, अकबरे खुर्सानी रु २५०, भेडे खुर्सानी रु १००, हरियो लसुन रु ९०, हरियो धनियाँ रु ८० कायम गरिएको छ । लसुन सुकेको (चाइनिज) रु २८०, लसुन सुकेको (नेपाली) रु २००, छ्यापी सुकेको रु २००, छ्यापी हरियो रु १८०, माछा सुकेको रु १०००, ताजा माछा (रहु) रु ३४०, बचुवा रु २८०, छडी रु २५० तोकिएको छ । रूख टमाटर रु १६०, राजा च्याउ रु ३००, सिताके च्याउ रु १००० र काँक्रो (लोकल क्रस) रु ६० निर्धारण गरिएको छ ।

Facebook Comments Box