लिलाबल्लभसँगै मानव तस्करी आरोप लागेका तीन जनालाई थुनामा पठाउने आदेश

झापा, १४ मङ्सिर – जिल्ला अदालत काठमाडौंले मानव तस्करी तथा लिखत सम्बन्धी आरोप लागेका तीन जनालाई थुनामा पठाउने आदेश गरेको छ ।

न्यायाधीश बलराम लम्सालको इजलासले आरोप लागेका तीन जनालाई धरौटी मागेको छ । अरु दुई जना साधारण तारेखमा छुटेका छन् । जिल्ला अदालतले महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवारलाई थुनामा पठाउने आदेश गरेको हो ।

जनक राई, दावा शेर्पा र कञ्चन देवकोटा ५०/५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । नवीन राई र बुद्धि राई साधारण तारेखमा रिहा भएका छन् ।उनीहरूमाथि मानव तस्करी तथा लिखत सम्बन्धी कसुर गरेको आरोप लागेको थियो ।

यही प्रकरणमा मुछिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीसहित चारै जनालाई होल्डमा राखेर जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो ।

डिपोर्ट भएपछि अध्यागमन विभागले थप अनुसन्धानका लागि तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो ।अधिकारीमाथि मुद्दा नचल्ने निर्णय जिल्ला सरकारी वकिलको कार्यालयले गरेको थियो ।

चौतर्फी आलोचना भएको मुद्दा नचल्ने निर्णयविरुद्ध शुक्रबारमात्रै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

Facebook Comments Box