नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामनामा माइक्रो पल्टियो, २ जना घाइते
काठमाडौँ, ९ मङ्सिर – नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-६ पाँचकिलोनजिकै माइक्रो बस दुर्घटना भएको छ। चितवन प्रहरीका अनुसार गएराति करिब १२ बजे काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०८९ ००१ ज ०२ नम्बरको इभी माइक्रो दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार माइक्रो आफैँ अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा दुई जना घाइते भएको चितवन प्रहरीले जनाएको छ। घाइते हुनेमा चितवनको राप्ती नगरपालिका-७ बस्ने २७ वर्षीया सुनिता घले (बाँया हातमा चोट, अवस्था मध्यम) र चितवनकै भरतपुर महानगरपालिका-९ बस्ने ४३ वर्षका लेखनाथ गैरे (अवस्था मध्यम) रहेको चितवन प्रहरीले जनाएको छ।
Facebook Comments Box

