बेरुतमा इजरायली हवाई आक्रमणमा कम्तीमा २० व्यक्तिको मृत्यु
काठमाडौँ, ९ मङ्सिर – लेबनानले मध्य बेरुतमा इजरायली हवाई आक्रमणमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको जनाएको छ। इजरायली सञ्चारमाध्यमका अनुसार हिजबुल्लाहका एक वरिष्ठ कमान्डरलाई निशाना बनाउने उद्देश्यले शनिबार बिनाचेतावनी यो हमला गरिएको हो।
यस आक्रमणमा आठतले आवासीय भवन ध्वस्त भएको छ। यो हमला घना जनसंख्या भएको बस्ता जिल्लामा गरिएको हो। लेबनानको राष्ट्रिय समाचार एजेन्सीले उक्त हमलामा बंकर बस्टर बम प्रयोग गरिएको बताएको छ। इजरायलले यो हतियार हसन नसरल्लाहलगायत हिजबुल्लाहका वरिष्ठ नेता मार्न प्रयोग गरेको थियो।
यस हमलामा शनिबार मृत्यु हुनेको संख्या १५ बाट बढेर २० पुगेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले ६० जनाभन्दा बढी घाइते भएको र पीडितको संख्या अझै बढ्न सक्ने जनाएको छ।
Facebook Comments Box

