नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं, ३१ वैशाख – नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो बस्दै छ । कांग्रेसले संसदको घटनाक्रमबारे छलफल गर्न दिउँसो एक बजे संसदीय दलको बैठक बस्ने तय गरेको हो । आइतबार बसेको पार्टी पदाधिकारी बैठकले सरकार गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएकोबारे संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्यत भएको निष्कर्ष निकाल्दै थप निर्णय दलको बैठकबाट गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले सहरकी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति माग गरिरहेको छ । तर, सरकार तयार नभएपछि संसद प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन् । सरकार छानबिन समिति नबनाई जबरजस्ती अघि बढ्न खोजेको कांग्रेसले आरोप लगाएको छ । आजको बैठकमा समिति गठनको विषयलाई थप सशक्त बनाएर लैजाने विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

Facebook Comments Box