प्रचण्डलाई विश्वासका मत दिने कि नदिने भन्ने विषयमा नेपाली कांग्रेसले आज निर्णय गर्दै
काठमाडौं, २६ पुस – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासका मत दिने कि नदिने भन्ने विषयमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आज निर्णय गर्दै छ। त्यसका लागि अहिले बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा संसदीय दलको बैठक बस्ने कांग्रेसका प्रवक्ता प्रकाशरण महतले जानकारी दिएका छन्।
यसअघि पदाधिकारी बैठक बस्नेछ। सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड धुम्बाराही पुगेर कांग्रेस सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए। जवाफमा देउवाले आज बिहान पार्टी (पदाधिकारी तथा संसदीय दल) मा छलफल गरेर निर्णय दिन्छु भनेका छन्।
Facebook Comments Box
