विद्यालय बन्द गरेर आन्दोलनमाजाने शिक्षकलाई कारबाही गर्ने चेतावनी

काठमाडौँ, ३ असोज – सिन्धुलीको दुधौली नगरपालिकाले विद्यार्थीको पठनपाठनमा असर पर्नेगरी विद्यालय बन्द गरेर आन्दोनलमा नजान शिक्षकहरुलाई सचेत गराएको छ। नगरपालिकाको आग्रहलाई वेवास्ता गर्दै विद्यालय बन्द गरेर आन्दोलनमाजाने शिक्षकलाई कारबाही गर्ने चेतावनीसमेत नगरपालिकाले दिएको छ।

दुधौली नगरपालिकाका प्रवक्ता दीपक खड्काले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्। दुधौली नगरपालिका क्षेत्रमा पनि शिक्षा विधेयकको विरोधमा विद्यालय बन्दसम्का कार्यक्रम घोषणा भएपछि नगरपालिकाले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएको हो। विज्ञप्तिमा आफ्ना माग कानुन बमोजिम सम्बन्धित निकायमा राख्न पाउने अधिकार शिक्षकहरुमा भए पनि आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन गर्न नहुने उल्लेख छ।

Facebook Comments Box