एक हप्ते विद्याधर हृदय बिन्दु बज्र गुरु जब साधना सम्पन्न
काठमाडौँ , १३ साउन – छ्योर्तेन टासी तामाङ गुम्बाले आयोजना गरेको एक हप्ते ‘विद्याधर हृदय बिन्दु बज्र गुरु जब साधना’ सम्पन्न भएको छ । साउन ५ गतेदेखि १२ गतेसम्म तामाङ गुम्बा बौद्ध काठमाडौंमा भएको बिशेष धार्मिक कार्यक्रम श्रदेय धर्म गुरु टुल्कु साङगे शेडुब तेन्जिन ठिन्ले पल्साङपो रिन्पोछे र गुम्बाका प्रमुख लामा खेन्पो निमा जाङपोका साथै लोपेन गुरुहरुको बिशेष सहभागितामा सम्पन्न भएको हो ।
हरेक दिन ‘विद्याधर हृदय बिन्दु बज्र गुरु जब साधना’ संगै विभिन्न विषयमा प्रवचनसमेत रहेको उक्त कार्यक्रममा गुम्बाका प्रमुख लामा खेन्पो निमा जाङपो, लोपेन साङगेदोर्जे मोक्तान, लोपेन साङगे रुम्बा, लगायतका बिशिष्ट गुरुहरुबाट गुरुरिन्पोछेको जिवनीसंगै जोडिएको बौद्ध छ्योर्तेन सम्बन्धी धर्म देशना, शरण गमन लगायतका विषयहरुमा प्रवचन भएको थियो ।

छ्योइखोर दुइछेन (धर्म प्रवद्र्धन दिवस) को अवसरमा आयोजना गरिएको कार्यक्रमको अन्तिम दिन १२ गते भने जिन्सेक पुजा र दिउँसो छे वाङ (आयु अभिषेक) प्रदान गरिएको थियो । विभिन्न जिल्लाहरुबाट दैनिक २५० देखि ३ सय जनासम्मको सहभागिता रहेको कार्यक्रममा सहभागिता रहेको थियो ।
छ्योर्तेन टासी तामाङ गुम्बाका अध्यक्ष हरिबहादुर लामाले सहभागी धर्म गुरु, लोपेन, लामा, म्हानिपा आमा समुह, सहयोगी दाता, संस्थाका सदस्यहरु सबैलाई धन्यवाद दिनु हुँदै कार्यक्रम सोचेको भन्दा धेरै राम्रो र सफल भएको जसले गर्दा हरेक वर्ष यसै समयमा गर्न उर्जा मिलेकोे बताउनु भयो ।


