तुल्सीलाल स्मृति प्रतिष्ठान,ललितपुरको आयोजनामा उपत्यकाव्यापी हाजिरीजवाफ प्रतियोगिता सुरु
काठमाडौँ , १३ साउन – तुल्सीलाल स्मृति प्रतिष्ठान,ललितपुरको आयोजनामा उपत्यकाव्यापी हाजिरीजवाफ प्रतियोगिता आजबाट सुरु भएको छ। ललितपुरको प्रभात माविमा सुरुवात भएको हाजिरीजवाफ प्रतियोगितामा उपत्यकाका ३९ समूहको सहभागिता रहेको आयोजक समितिका कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक बाबुराम थापाले जानकारी दिनु भयो ।
वरिष्ठ वाम एवम लोकतान्त्रिक राजनेता तुल्सीलाल अमात्यको स्मरणमा उक्त हाजिरीजवाफ प्रतियोगिता गरिँदै आएको छ| यो पटकको प्रतियोगिता दशौँ उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता हो|पूर्व मन्त्री एवम् प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यको प्रमुख आतिथ्यमा उदघाटन कार्यक्रम भएको थियो ।
पहिलो चरणबाट १८ समूह छनोट भएका छन् भने दोस्रो चरणको कार्यक्रम श्रावण १५ गते र अन्तिम चरणको कार्यक्रम श्रावण १७ गते पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आमसञ्चारबाट प्रत्यक्ष प्रसारणका साथ हुनेछ ।
उक्त हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुनेले नगद रु ४० हजार दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार साथै सान्त्वना हुने १० हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्| पहिलो चरणमा निम्न विद्यालय छनोट भएका छन्|
रिजेन्ट मावि, कन्चन मावि, भ्याली पब्लिक मावि, प्रभात मावि २ समुह, महालक्ष्मी मावि, ब्राइट फ्युचर मावि (३ समुह), क्यास्पियन मावि, क्याराभियन मावि, एमर्याल्ड मावि, जुगल मावि, हरिसिद्धी मावि, युवा प्रतिभा मावि, आदर्श शौल मावि, अस्मिता मावि, महालक्ष्मी मावि