बालुवाटारमा सत्ता गठबन्धनमा रहेका १० दलको बैठक सुरु

काठमाडौँ, ४ चैत – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता गठबन्धनमा रहेका १० दलको बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरू सहभागी छन्।

बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिने, मन्त्रिमण्डल विस्तारलगायत समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ। बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउतदेखि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसम्म सहभागी छन्।

राष्ट्रपतिको निर्वाचनमा चुनावअघिको गठबन्धन ब्यूँताउँदै नेपाली कांग्रेससहित ८ दल एक ठाउँमा उभिएपछि नेकपा एमाले सरकारबाट बाहिरिएको थियो। सो आठ दलीय गठबन्धन पछिल्लो समय १० दलीय बनेको हो।

एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले यही चैत ६ गते पुनः विश्वासको मत लिँदै छन्। यसपछि कांग्रेससहितका दललाई समावेश गरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

Facebook Comments Box