प्रचण्ड र ओलीबीच बालुवाटरमा भेटवार्ता
काठमाडौँ, १२ माघ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न ओली केहीबेरअघि बालुवाटार पुगेका हुन् ।
दुई दिनअघि पनि ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचन लगायतका समसामयिक विषयमा दुई नेताबीच छलफल हुने बताइएको छ ।
Facebook Comments Box