तापक्रम बिस्तारै बढ्दै
काठमाडौँ, १२ माघ – तापक्रम बिस्तारै बढ्न थालेको छ। यस क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा उक्लिएको छ। आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।
हिजो उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो। ‘अब तापक्रम धेरै घट्दैन, बिस्तारै बढ्ने क्रममा छ’, मौसमविद् अधिकारीले भने।
Facebook Comments Box

