लप्सीफेदीमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप, २ जना सशस्त्र प्रहरी घाइते ४ स्थानीय पक्राउ

काठमाडौँ, २ मङ्सिर – काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित लप्सीफेदीमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ। शुक्रबार अपरान्ह सबस्टेसन निर्माणका लागि सुरक्षा दिन पुगेको सशस्त्र प्रहरीको टोलीमाथि स्थानीयले आक्रमण गरेको प्रहरीको दाबी छ। स्थानीयले ढुंगामुढा गर्दा २ जना सशस्त्र प्रहरी घाइते भएका छन्। चार जना स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लप्सीफेदीमा विद्युत प्राधिकरणले शव स्टेसन निर्माण सुरु गर्ने निर्णय गरेको छ। तर सबै प्रक्रिया पूरा भइसकेपछि स्थानीयले अवरोध गरेपछि त्यहाँ पटक पटक विवाद हुँदै आएको छ। विवादकै कारण सबस्टेसन निर्माण अगाडि बढ्न नसकेपछि सशस्त्र प्रहरीको अस्थायी बेस स्थापना गरेर काम गर्ने निर्णय भइसकेको छ। सोही निर्णय अनुसार शुक्रबार सशस्त्र प्रहरीका डीएसपीको कमाण्डमा टोली पुगेपछि स्थानीयले ढुंगामुढा गरेका थिए।

त्यसपछि झडप भएको हो। झडपमा केही स्थानीय कति घाइते भए भन्ने तथ्यांक आइनसकेको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए। तामाकोशीको बिजुली काठमाडौं ल्याउने र एमसीसीको प्रशारण लाइन त्यहाँ जोड्न शव स्टेसन निर्माण गर्न लागिएको हो।

एमसीसीले निर्माण गर्ने प्रशारण लाइन त्यहाँबाट नुवाकोटको रातमाटे हुँदै नेपाल–भारत सीमानासम्म पुर्‍याउने र अर्को लाइन हेटौंडा लैजाने योजना छ। सोही योजना अनुसार काभ्रे जिल्लामा पर्ने भागमा टावर गाडिसकिएको छ। काभ्रेबाट काठमाडौं ल्याउन भने स्थानीयको अवरोधका काराण काम अगाडी बढ्न सकेको छैन।

काठमाडौंतर्फ ५ वटा टावर गाड्न बाँकी छ। २०७४ सालमै स्थानीयलाई मुआब्जा वितरण गरिसकेको भएपनि अहिले शवस्टेसन अन्यत्र निर्माण गर्न स्थानीयले माग राखेपछि अवरोध भएको हो। पटक पटक वार्तामा पनि सहमती जुट्न नसकेपछि सुरक्षाकर्मीकाबीच काम अगाडी बढाउने निर्णय सरकारले गरिसकेको छ।

Facebook Comments Box