मुलुकको अर्थतन्त्रले धान्न नसक्ने सेतो हात्ति बनेको प्रदेशको संरचना खारेज गरिनुपर्छ : दुर्गा प्रसाईं

काठमाडौं – ५ माघ – दुर्गा प्रसाईंले देशको अर्थतन्त्र पुणर्रुपमा टाट पल्टेको बताउनुभएको छ । उनले आज बुधवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी बैकं तथा बित्तिय सस्थाको मर्जरको नाटक मञ्चन गरेता पनि तरलता, पूजीँको अभाव भई अर्थब्यवस्था खाक्रो बनिसकेको टिप्पणी समेत गर्नुभयो ।

उहाँले बैंक तथा बित्तिय सस्थावाट क्रिण लिएर ब्यवसाय गरिरहेकाहरुले अव ब्याजसमेत तिर्न नसक्ने अवस्था आएको बताउनुभएको छ । यस्तै उहाँले अहिले कायम रहेको ब्याजदर घटाउने धेरै उपायहरु रहेको तर त्यसतर्फ कसैले पनि ध्यान नदिएको प्रसाईको गुनासो छ ।

मेडिकल ब्यवसायी प्रसाईले ब्यवसायीलाई परेको मर्कालाई राज्यले सम्वोधन गर्नुपर्छ भन्ने अभियान लिएर देशभर जाने निणर्य गरेको पनि बताउनुभयो । उहाँले नेपालको अर्थतन्त्र सिमीत ब्यक्तिहरुको हातमा गएको र यस्ले भबिश्यमा पर्न सक्ने आर्थिक संकटलाई मध्यनजर गरी यस अभियानलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

देशको अर्थनिती कमजोर भएका कारण ९५ प्रतिशत जनताले ५ प्रतिशत साहुँ महाजनहरुको लागी काम गरिदिएको जस्तै भएको उहाँको धारणा छ । प्रसाईले राज्य सफल हुनका लागी आर्थिक रुपमा बलियो हुनुपर्ने र राज्य आर्थिक रुपमा बलियो हुनका लागी देशमा कलकारखाना फस्टाउनुपर्ने बताउनुभयो ।

राज्यलाई सफल बनाउने ब्यवसायीलाई माफिया र डनको रुपमा चित्रण गरिने गरेको पनि प्रसाईको धारणा छ । देशका ब्यापारी तथा ब्यवसायीमाथि आईपरेको बज्रपातलाई अन्त्य गर्न फागुन १ गतेदेखी राष्ट्र बचाउनका लागी नेपालको झण्डा र दियो लिएर यस अभियानमा सहभागी बन्न पनि प्रसाईले आह्वान गर्नुभएको छ ।

ब्यवसायी प्रसाईले बैंक तथा बित्तिय सस्थाहरुको ब्याजदर ६ प्रतिशत भन्दा न्युन हुनुपर्ने, बैंक तथा बित्तिय सस्ंथा, बीमा कम्पनीहरु नेपाल सरकार मातहत ल्याईनुपर्ने, मुलुकको अर्थतन्त्रले धान्न नसक्ने सेतो हात्ति बनेको प्रदेशको संरचना खारेज गर्नुपर्ने र देशमै रोजगारीको अवसर दिएर बिदेश जानुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने लगायतका मागहरु समेत अघि सार्नुभएको छ ।

 

Facebook Comments Box