सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्न सिफारिस

काठमाडौं- सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले कायमुकायम प्रधानसेनापतिको जिम्मेवारीमा रहेका शर्मालाई महारथी दर्जामा पदोन्नति गरेर प्रधानसेनापति नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।

प्रधानसेनापति पूर्णचन्द्र थापाले आउँदो भदौ २५ गते अवकास पाएसँगै शर्माले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन्। प्रभुराम शर्मा : सैनिक नेतृत्वमा क्रमभंग, तर फेरिएला सेनाको छवि? बिहीबार, साउन १४, २०७८ अवकासभन्दा एक महिना पहिले विदा बस्ने प्रचलन अनुसार थापा साउन २५ देखि विदा बसेका थिए। त्यसयता शर्माले कायमुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालिरहेका छन्।
उनी तीन वर्ष सेनाको नेतृत्वमा रहनेछन्।

Facebook Comments Box