सहरी विकासमन्त्री चौधरीलाई कारबाही गर्न मधेशी आयोगले निर्वाचन आयोगलाई पत्राचार

काठमाडौं, २३ कात्तिक – संघीय सहरी विकासमन्त्री मेटमणि चौधरीलाई आवश्यक कारबाही गर्न मधेशी आयोगले निर्वाचन आयोगलाई पत्राचार गरेको छ।

मन्त्री चौधरीले एक टेलिभिजनबाट प्रसारित कार्यक्रममा मधेशी समुदायप्रति अपमानपूर्ण र जातीय विभेदमा केन्द्रित भाषण गरेको मधेशी आयोगको आरोप छ। मधेशी आयोगले सो सम्बन्धमा मधेशी नागरिक समाज र संचारमाध्यमहरुले मधेशी आयोगमा उजुरी दर्ता गराएको जनाएको छ।

सो उजुरी दर्ता भएपछी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तको निर्देशनमा मधेशी आयोगले निर्वाचन आयोगलाई पत्र लेख्दै मन्त्री चौधरीलाई आवश्यक कारबाही गर्न अनुरोध गरेको हो।

अध्यक्ष डा. दत्तले मधेशी समुदायलाई लक्षित गरी यस्ता विभेदपूर्ण भाषण दिनु प्रति खेद व्यक्त गर्दै यस्ता अभिव्यक्तिहरु प्रति आयोग सचेत रहेको बताएका छन्।

Facebook Comments Box