माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई निर्वाचन आयोगले स्पष्टीकरण साेध्याे

काठमाडौँ, ३० साउन – निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई स्पष्टीकरण सोधेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गरेको खर्चका विषयमा दिएको अभिव्यक्तिमाथि थप विवरण माग गरेर स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

केही दिनअघि अध्यक्ष प्रचण्डले गाउँपालिका अध्यक्ष जित्न उम्मेदवारहरुले १० करोडसम्म खर्च गरेको रिपोर्ट आएको अभिव्यक्ति दिएका थिए । आयोगले प्रचण्डको सोही अभिव्यक्तिलाई स्पष्ट पार्न आग्रह गरेर पत्र लेखेको एक अधिकारीले जानकारी दिए ।

आयोगका ती अधिकारीका अनुसार, त्यसरी अभिव्यक्ति दिनुको आधार के हो र कुन गाउँपालिकाका अध्यक्षले रकम खर्चेका हुन्, विवरण उपलब्ध गराइदिन अनुरोध गरी पत्राचार भएको हो ।

 

Facebook Comments Box