मेडिसिनको नोबेल पुरस्कार पाबोलाई
काठमाडौं, १७ असोज – यस वर्षको फिजियोलोजी (शरीर विज्ञान) र औषधितर्फको नोबेल पुरस्कार स्विडेनका स्वान्ती पेवोले पाएका छन्। मानव उद्विकासबारे उनको कामलाई नोबेल पुरस्कार समितिले पुरस्कृत गरेको हो।
निनडर्थलका रुपमा चिनिने मानवको छुट्टै प्रजातिबारे उनले अध्ययन अनुसन्धान गरेका थिए। सो क्रममा उनले संसारमा ४० हजार वर्षअघि नै लोप भइसकेको उक्त प्रजातिको जेनेटिक कोड पत्ता लगाएर देख्दा असम्भव लाग्ने काम गरेको भन्दै पुरस्कृत गरिएको समितिले जनाएको छ।
उनको कामले मानव उद्विकासको इतिहासमा थप ज्ञान थाहा भएको र पृथ्वीमा कसरी मानिसहरु फैलिए भन्ने थप जानकारी प्राप्त भएको उल्लेख गरिएको छ।
Facebook Comments Box

