नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध यौन दुर्व्यवहार गरेको आरोपसहित किटानी जाहेरी
काठमाडौं, २१ भदौ – नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहार गरेको आरोपसहित किटानी जाहेरी परेको हो ।
प्रहरी उच्च स्रोतले लामिछानेविरुद्ध उजुरी परेको पुष्टि गरेको छ, तर थप बताएको छैन । लामिछाने भने हाल देश बाहिर छन् ।
Facebook Comments Box

