कोशी पर्यटन महोत्सव–२०८२ आयोजना हुँदै, सप्तकोसी किनारमा पर्यटक आकर्षण

काठमाडौँ, २४ चैत – कोशी पर्यटन महोत्सव–२०८२ आयोजना गरिने भएको छ। कोशी प्रदेश भ्रमण वर्ष २०८२ लाई लक्षित गर्दै कोशी प्रदेश सरकार को आयोजनामा तीन दिने महोत्सव हुन लागेको हो। महोत्सव सप्तकोसी नदी किनार, वराहक्षेत्र–६ मा चैत २५ देखि २७ गतेसम्म सञ्चालन हुनेछ।

सह–संयोजक भविष श्रेष्ठ का अनुसार १२ नम्बर स्पर (रिसोर्ट) क्षेत्रमा उद्घाटन गरिनेछ। स्थानीय संयोजक अंगत राई ले महोत्सवले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्दै स्थानीय कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्य राखेको बताउनुभयो।

प्रमुख कार्यक्रमहरू

पहिलो दिन (चैत २६)

  • बिहान: कोशी टप्पु वन्यजन्तु आरक्ष अवलोकन
  • दिउँसो: रामधुनी मन्दिर दर्शन
  • साँझ: बोराबाँध क्षेत्रमा सूर्यास्त अवलोकन
  • सांस्कृतिक प्रस्तुति: लाखे नाच र धान नाच

दोस्रो दिन (चैत २७)

  • बिहान: वराहक्षेत्र मन्दिर दर्शन
  • १० बजे: वराहक्षेत्रदेखि बोराबाँधसम्म र्याफ्टिङ
  • दिउँसो: जेट बोट, एटिभी राइडिङ र नौका सयर
  • साँझ: स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति

महोत्सव अवधिभर आन्तरिक तथा बाह्य पर्यटकलाई वराहक्षेत्रको प्राकृतिक सौन्दर्य अवलोकनसँगै स्थानीय कला, संस्कृति र जीवनशैली अनुभव गराइनेछ।साथै,  स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै कोदो, मकै, फापरबाट बनेका परम्परागत परिकार तथा लोकल कुखुरा र माछाका स्वादसमेत पर्यटकलाई उपलब्ध गराइने आयोजकले जनाएको छ।

Facebook Comments Box