राष्ट्रिय सभा उपाध्यक्षमा लिलाकुमारी भण्डारी निर्वाचित
काठमाडौँ, २३ चैत – राष्ट्रिय सभा को उपाध्यक्ष पदमा नेकपा एमाले की सांसद लिलाकुमारी भण्डारी निर्वाचित हुनुभएको छ। सोमबार बसेको राष्ट्रिय सभा बैठकले उहाँलाई निर्विरोध उपाध्यक्ष निर्वाचित भएको घोषणा गरेको हो।
माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेश बाट निर्वाचित भण्डारीलाई बैठकमा उपस्थित सदस्यहरूले बधाई दिएका छन्।
Facebook Comments Box

