प्रतिनिधिसभा बैठक आज, तीन विधेयक प्रस्तुत हुने सम्भावना
काठमाडौँ, २४ चैत – प्रतिनिधिसभा को बैठक आज मङ्गलबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ। आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। सङ्घीय संसद् अन्तर्गतको यस बैठकले विभिन्न कानुनी र नीतिगत विषयमा छलफल अघि बढाउने अपेक्षा गरिएको छ।
Facebook Comments Box

