नेपालले केन्यालाई जितका लागि २३१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, १८ भदौ – नेपालले केन्यालाई जितका लागि २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ। जिमखाना रंगशालामा जारी एक दिवसीय क्रिकेटको दोश्रो खेलमा नेपाल ४ बल बाँकी छँदै अलआउट हुँदै २३० रन जोडेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाहित ७८ रन बनाए। ४ बल बाँकी हुँदै करण केसी ११ रनमा क्याचआउट हुन पुगे।

ओपनर देव खनाल ३७ रन जोड्दा अर्जुन साउद ५ रनमै आउट भए। यस्तै ज्ञानेन्द्र मल्ल २५, दिपेन्द्र सिंह ऐरी २, बसिर अहमद १७, पवन सर्राफ २ र आदिल अनसारी १४ रन जोडे।

केन्याका लागि विराज पटेल र सेम गोचेले समान २ विकेट लिए। पहिलो खेलमा केन्याले पहिले ब्याटिङ गर्दै २१८ रन जोडेको थियो। २१९ रनको लक्ष्य ३ विकेटको क्षतिमा पूरा गर्दै नेपाल विजयी भएको थियो।

केन्याले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ। आजको खेल जितेमा नेपालले एक खेल अघि नै सिरिज आफ्नो पक्षमा पार्नेछ। नेपालले यसअघि टि २० सिरिज ३–२ दे जितेको थियो।

Facebook Comments Box