काठमाडौं उपत्यकामा ३० जना सहित देशभर थप २०० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाकाे मृत्यु
काठमाडौं, १८ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३० जना सहित देशभर थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १ हजार ३८१ आरटी पीसीआर तथा २ हजार १५६ एन्टीजेन परिक्षण सहित ३ हजार ५३७ जनाको परिक्षण गर्दा थप २०० जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार ५९४ रहेको छ भने सक्रिय संक्रमितको संख्या २ हजार ६४२ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३३९ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८३ हजार १०३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाकाे मृत्यु भएकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार ७ पुगेको छ ।

