नेपाल राष्ट्र बैंकले रिक्त पद पूर्तिका लागि दरखास्त आह्वान

काठमाडौँ, १७ भदौ – नेपाल राष्ट्र बैंकले रिक्त पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ। बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा कर्मचारी मागेको हो।

बैंकलाई सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनतर्फ १८ जना, सहायक निर्देशक (अधिकृत तृतीय) प्राविधिक (सु.प्र.) १ जना र सहायक (सहायक द्वितीय) प्रशासनतर्फ २४ जना आवश्यक परेको हो।

उक्त पदपूर्तिका लागि आज भदौ १७ आजदेखि असोज १६ गतेससम्म आवेदन दिन सकिने बैंकले जनाएको छ। आवेदन अनलाइनमार्फत दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

Facebook Comments Box